सिकाइ

आङसाङ सुकीका भनाइहरू



हास्य जीवन रक्षाको उत्तम सामग्रीमध्ये एक हो ।

मेरो राय भनेको, कुनै पनि सरकारले पाउन सक्ने सबभन्दा ठूलो पुरस्कार भनेको जनताको स्वीकृति हो । यदि जनता खुसी छन्, जनता शान्तिमा छन् र

सरकारले उनीहरूका लागि केही गरेको छ भने, यो सबैभन्दा ठूलो इनाम ।

शक्तिले होइन, डरले मानिसलाई भ्रष्ट बनाउँछ ।

घरबन्दीमा हुँदा तपाईंले गर्नुपर्ने धेरै चिजहरू हुन्छन् । एकातिर, यो जेलमा बस्नुभन्दा बढी आरामदायक हुन्छ भने अर्कातिर, तपाईंले आफ्नो परिवारको देखभाल गर्नुपर्ने हुन्छ, जुन यस्तो अवस्थामा कठोर हुन्छ ।

यदि हामीले हात जोड्यौं भने हामी निश्चित रूपमा आफ्नो गन्तव्यमा पुग्ने छौं ।

मलाई लाग्छ कि स्वतन्त्रता कहिलेकाहीं मानसिक अवस्था हो । कहिलेकाहीं, सम्झनुहोस्, तर सधैं होइन ।

यो भ्रष्ट पार्ने शक्ति होइन, डर हो । शक्ति गुमाउने डरले यसलाई चलाउनेहरू भ्रष्ट बन्छन् ।

अरूलाई मद्दत गरेर, तपाईं आफैंलाई कसरी मद्दत गर्ने सिक्नुहुने छ ।

एक मात्र वास्तविक जेल भनेको डर हो र एक मात्र वास्तविक स्वतन्त्रता भनेको डरबाट स्वतन्त्र हुनु हो ।

तपाईले कहिल्यै पनि आफ्नो डरले तपाईलाई आफूले गरेको काम गर्न रोक्न दिनु हुँदैन ।

डरको कारण सत्यलाई पछ्याउने स्वतन्त्रता नभएसम्म अज्ञान हटाउन गाह्रो हुने छ ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार, ,