यातायातको भीड सामना गर्न राजमार्गमा लेन थप्नु भनेको मोटोपनलाई निको पार्न तपाईको बेल्ट खोल्नु जस्तै हो ।
जुन सहर र हवेलीहरूको सपना मानिसले देख्छन् त्यो भनेको ती ठाउँ हुन् जसमा मानिसहरु अन्त्यमा बस्छन् ।
जैविक योजना एक पूर्वनिर्धारित लक्ष्यबाट सुरू हुँदैन, यो एक अवसरबाट अर्को अवसरको खाँचोमा सर्नुपर्दछ ।
सुन्दरताको दृश्य वा आवाज, रहस्यको चिन्तन र सत्य वा पूर्णताको खोजीबिना गुज्रिएको दिन एउटा गरिबीले ग्रस्त भएको दिन हो र त्यस्ता दिनहरू मानव जीवनका लागि घातक हुन्छ ।
यात्राको माध्यमको रूपमा मानव खुट्टालाई पुनस्र्थापना गर्नुहोस् । पैदलयात्रीहरू इन्धनका लागि खानामा निर्भर हुन्छन् ।
धिक्कारेको मोटर बिर्सनुहोस् र प्रेमी र साथीहरूका लागि सहरहरू निर्माण गर्नुहोस् ।
मानवताको हरेक परिवर्तनले गहिरो हलचल र अन्तज्र्ञानमा विश्राम लिएको छ ।
आधुनिक मानिस धेरै उपकरणहरूका सिकार हुन्छन् जुन उसलाई अत्यन्त मूल्यवान् हुन्छ ।
साहसी मानिसलाई कहिले पनि हतियारको आवश्यक पर्दैन तर उसलाई जमानत भने चाहिन्छ ।
विरोधको एक निश्चित मात्रा मानिसलाई ठूलो सहयोग हुन सक्छ किनभने चंगा हावासँग होइन, हावाको विरुद्ध उड्छ ।
मेरो चिहानमा यो मानिस निरपेक्ष मुर्ख थियो र उसले विनासकारी पूर्वानुमान गरेको कुनै पनि कुरा कहिल्यै पूरा भएन भन्ने शब्दहरू लेख्न सकिन्छ भनेर मलाई थाहा भयो भने म खुसीसाथ मर्ने छु ।
जीवन मात्र एक यस्तो कला हो जुन हामीले तयारी नगरी अभ्यास गर्नै पर्छ ।
प्रतिक्रिया